शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित

शुक्रबार थप ८ सय ३८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बितेको २४ घण्टामा ८३८ संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ३० हजार ४ सय ८३ पुगेको गौतमले बताए।
त्यस्तै विगत २४ घण्टामा २५० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ पुगेको छ। विगत २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ।

Write your Comment