बितेको २४ घण्टामा ८५५ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा २३२/कोरोनाबाट सात जनाको मृत्यु

९ भाद्र २०७७, मंगलवार १६:३५ प्रकाशित

काठमाडौं ९ भाद्र :
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
काठमाडौं उपत्यकामा भने २३२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । त्यसैगरी कोरोना भाइरसका कारण बितेको २४ घण्टामा एक जना महिला र छजना पुरुष सहित ७ जनाको मृत्यु भएको छ ।

९ भाद्र २०७७, मंगलवार १६:३५  मा प्रकाशित

Write your Comment