पछिल्लो २४ घण्टामा थपिए ८ सय ८५ कोरोनाका संक्रमित/ ११ जनाको मृत्यु

१० भाद्र २०७७, बुधबार १६:३४ प्रकाशित

बुधबार देशभर कोरोनाका ८ सय ८५  संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।

विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।

आज मात्रै १३ हजार २ सय ५३ जनाको पिसिआर गरिएको छ।

त्यसैगरी बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको र कोरोनाबाट मृत्यु हुने को संख्या १७५ जना पुगेको गौतमले जानकारी दिनुभयो ।

१० भाद्र २०७७, बुधबार १६:३४  मा प्रकाशित

Write your Comment