बितेको २४ घण्टामा१ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि

११ भाद्र २०७७, बिहीबार १६:२७ प्रकाशित

बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए ।

आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म  ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

११ भाद्र २०७७, बिहीबार १६:२७  मा प्रकाशित

Write your Comment