बिजय रामकाे हिरासतमा मृत्युभए पछि गरुडा तनावग्रस्त,स्थानीय द्वारा प्रहरी कार्यालय घेराउ

२०७७ भाद्र ११, बिहिबार प्रकाशित

गरुडा ११ भाद्र :
इलाका प्रहरी कार्यालय गरुडा रौतहटले हत्याको आरोपमा हिरासतमा लिएका युवकको मृत्यु भएपछि रौतहटको गरुडा बजार अहिले तनावग्रस्त बनेको छ ।
प्रहरी हिरासतमा रहेका गरुडा नगरपालिका वाड नं. ८ जिगडियाका विजय राम (चमार)को मृत्यु भएको थियो।
गत साउन ३१ गते गरुडा नगरपालिका ८ जिगडियाका २० वर्षीय निरन्जन पासवानको हत्या आरोपमा सोही गाउँका १९ वर्षीय विजयसहित ७ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो।
प्रहरी हिरासतमा रहेका चमारको राति १ बजे उपचार क्रममा नेसनल मेडिकल कलेज वीरगन्जमा मृत्यु भए पछि अहिले गरुडा बजारमा सयौंले प्रहरीविरुद्ध नाराबाजी गरिरहेका छन्।
निरन्जन हत्याकाण्ड संघर्ष समिति आयोजनमा इलाका प्रहरी कार्यालय अगाडि धर्ना दिइएको छ। यसअघि पनि निर्दोषलाई फसाएको र मुख्य अभियुक्तलाई प्रहरीले उन्मुक्ति दिन खोजेको भन्दै समितिले चरणबद्ध आन्दोलन गदै आइरहेको थियो। अब आन्दोलन निर्णायक मोडमा पुगेको र विजयलाई यातना दिएर मारेको संघर्ष समितिका संयोजक सोनेलाल रामको भनाई छ ।

Write your Comment