जगदम्भाको बदमासी : आफ्नै संक्रमित मजदुरको पनि गरेन दोस्रो पटक पिसिआर परीक्षण

१३ भाद्र २०७७, शनिबार १४:०० प्रकाशित

बारा १३ भाद्र :
आफुलाई देशको मेरुदण्ड भनेर दावा गर्ने बाराको सिमरामा रहेको जगदम्बा स्टीलले आफ्नै संक्रमित मजदुरहरूको दोस्रोपटक पिसिआर परीक्षण नगरेर सरकारको थाप्लोमा खर्च हालेको खुलासा भएको छ । जसरी पनि उद्योग सञ्चालन गर्न खोज्ने उद्योगले श्रावण २४ गते उद्योगमा कार्यरत १३५ जना कर्मचारी तथा मजदुरहरूको पिसिआर परीक्षण गरेकोमा ११ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो । ११ जना मध्ये ६जना संक्रमितलाई उद्योगले भगाएको र ५ जनालाई सिमराको होटल प्याराडाइजमा आइसोलेट गरेको थियो । जगदम्बाले ११ जना संक्रमित हरुको कन्ट्रयाक्ट टेर्सिग गर्नुपर्नेमा सो जिम्मेवारी पनि पूरा नगरेको संक्रमित मजदुरका पारिवारका सदस्यले जानकारी दिए । कन्ट्रयाक्ट टेर्सिगमा परेकाहरुले जीतपुरसिमरा उपमहानगरपालिकालाइ हारगुहार गरेर पिसिआर परिक्षण गरीएको उनले बताए । त्यतिमात्र होइन होटलमा आइसोलेशनमा राखिएका पाँचजना संक्रमितहरूको भाद्र ४ गते सम्म पुनः पिसिआर परीक्षण गर्नुपर्नेमा सो जिम्मेवारी पनि उधोगले पूरा नगरेपछि भाद्र ११ गते वडाको सिफारिसमा जितपुर सिमरा उपमहानगरपालिका भित्र रहेको क्वारेन्टाइनमा नमुना संकलन गरिएको छ । करीव ३ हजार मजदुर उधोगमा कार्यरत छन त्यसमध्ये अधिकांश भारतिय रहेका छन् । उद्योग मात्र सञ्चालन गर्न खोज्ने आफ्ना कर्मचारी र मजदुरको स्वास्थ्य परीक्षण नगराउने उद्योगको दादागिरी र गैर जिम्मेवारीपन कारण मजदुरहरु तनावमा परेका छन । भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेकोका कारण सिमरामा कोरोना भाइरसको संक्रमण फैलिएको साथै उधोग मा ११ जना संक्रमित पुष्टि भएको भन्दै स्थानीयले उद्योगको गेटमा केही दिनअगाडि तालाबन्दी गरेका थिए त्यसको भोलिपल्टै जिल्ला प्रशासन कार्यालय बाराले ३ दिनका लागि उद्योग सिल गरेको थियो भने भाद्र १ गते उधोगमा लगाइएको सिल खोल्दा १० दिनभित्र उधोग भित्र रहेका सम्पूर्ण मजदुरको पिसिआर परीक्षण गर्न र भित्रै क्वारेन्टाइन स्थापना गरी उद्योग सञ्चालन गर्न निर्देशन दिएको थियो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत उद्योग तथा संघसंस्थाहरुले आफ्नै खर्च बाट आफ्ना जनशक्तिको पिसिआर परीक्षण गर्नुपर्ने सरकारी खर्च बाट गर्न नसकिने स्पष्ट पारिसकेको छ । प्रशासनको निर्देशनको उद्योगले अवज्ञा गर्दै आजका मिती सम्म १३५ बाहेक एकजना मजदुरको पनि पिसिआर परीक्षण गराएको छैन । उद्योगका मजदुर तथा कर्मचारीहरु निर्वाधरूपमा भित्र-बाहिर गर्देआइरहेका छन् । उधोगको यस्तो गैर जिम्मेवारीपन को कारण स्थानीयमा संक्रमणको त्रास र आक्रोश पैदा भएको छ । उद्योगको अगाडी पट्टी रहेको जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ मा कोरोना भाइरस संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

१३ भाद्र २०७७, शनिबार १४:००  मा प्रकाशित

Write your Comment