काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यलाई कोरोना संक्रमण

१५ भाद्र २०७७, सोमबार १८:३९ प्रकाशित

काठमाडौं १५ भाद्र :
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् ।

१५ भाद्र २०७७, सोमबार १८:३९  मा प्रकाशित

Write your Comment