काठमाडौंका ४८१ सहित देशभरमा १०६९ जनामा कोरोना संक्रमण पुष्टि

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं १६ भाद्र

बितेको२४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई ७६८ जना डिस्चार्ज भएका छन् । मंगलबारसम्म २२ हजार १७८ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११२ रहेको छ ।

 

२०७७ भाद्र १६, मंगलबार  मा प्रकाशित

Write your Comment