बारामा १९ जनामा कोरोना पुष्टि, सुरक्षाकर्मी,थुनुवा र बैंकका कर्मचारीसमेत संक्रमित

१९ भाद्र २०७७, शुक्रबार १४:४५ प्रकाशित

वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बाराका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् ।
बाराको निजगढ नगरपालिकाबाट पठाइएको स्वाबका नमुना परीक्षण गर्दा १४ जनामा कोरोना देखिएको छ । निजगढ नगरपालिकाको वडा नं. ८ मा २ जना, वडा नं. ३, ७ र ९ मा १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय निजगढका १ हवलदार सहित ५ थुनुवामा रहेका छन ३३, ३९, ३३, ४३, ५७ र २८ वर्षका र सशस्त्र प्रहरी बल पिलुवाका २६ र ३७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
यसैगरी निजगढ नगरपालिका स्थित कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।
प्रसौनी गाउँपालिका वडा नं. ४ मा ३ जना, वडा नं. ५ मा १ जना मा संक्रमण देखिएको छ ।

१९ भाद्र २०७७, शुक्रबार १४:४५  मा प्रकाशित

Write your Comment