बितेको २४ घण्टामा १३५६ जनामा संक्रमण पुष्टि,१४ जनाको मृत्यु

१९ भाद्र २०७७, शुक्रबार १६:३५ प्रकाशित

काठमाडौं १९ भाद्र :

पछिल्लो २४ घण्टामा १३५६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ६३८ नमुना परीक्षण गर्दा ४६४ महिला र ८९५ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै १३५४ जना डिस्चार्ज भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । त्यसैगरी देशैभरीमा विगत २४ घण्टामा कोरोना भाइरसबाट १४ जनाको मृत्यु भएको छ ।

१९ भाद्र २०७७, शुक्रबार १६:३५  मा प्रकाशित

Write your Comment