जितपुरसिमराका ४ जनामा कोरोना संक्रमण पुष्टि

२० भाद्र २०७७, शनिबार ११:४० प्रकाशित

बारा२० भाद्र :

जितपुरसिमरा उपमहानगरपालिकामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिमरामा रहेको क्वारेन्टाइनमा केहीदिन अगाडि ६५ जनाको नमुना परीक्षण गरिएको थियो ६५ जना मध्ये ५० जना कन्ट्रयाक्ट टेर्सिग र १५ जना पुराना संक्रमित रहेका थिए । कन्ट्रयाक्ट टेर्सिगमा परेर नमुना संकलन गरीएका ५० जना मध्ये ४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस मध्ये जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ४ की एकजना महिला र वडा नम्बर १२का दुई जना पुरुष र एक जना महिला रहेकाे जितपुरसिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख तथा कोरोनाभाइरस नियन्त्रण फोकल पर्सन जीतन  ठाकुरले जानकारी दिनुभयो । १५ जना पुराना संक्रमितमध्ये एक जनामा पुन संक्रमण देखिएको ठाकुरले बताउनुभयो ।

२० भाद्र २०७७, शनिबार ११:४०  मा प्रकाशित

Write your Comment