बारामा ७४ जनामा कोरोना संक्रमण/सिमरा प्रहरीका १९र शसस्त्र प्रहरी बल पथलैयाका २९ जना संक्रमित

२१ भाद्र २०७७, आईतवार १०:४० प्रकाशित

बारामा एकैपटक ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये इलाका प्रहरी कार्यालय सिमरामा कार्यगत प्रहरी अधिकृत देखि जवानसम्म १९ जना रहेका छन् भने सशस्त्र प्रहरी बल पथलैयाका २९ जना र इलाका प्रहरी कार्यालय सिमराका ४ जना थुनुवा रहेका छन् । त्यसैगरी आर्मी ब्यारेक छाता पिपराका ३ जनामा संक्रमण पुष्टि भएको जितपुर सिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका निमित्त प्रमुख तथा कोरोना भाइरस संक्रमण निन्यन्त्र फोकल पर्सन जीतन ठाकुरले जानकारी दिनुभयो । त्यसैगरी कन्ट्रयाक्ट टेर्सिगमा परेका जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १ का ५ जना,वडा नम्बर ११का ४ जना,वडा नम्बर १२का १जना र वडा नम्बर १४ का १ जना रहेका छन् । त्यसगरी नेपाली सेना छातापिपराका ३ जना संक्रमित भएको फोकल पर्शन ठाकुरले जानकारी दिनुभयो । यहि भदौ १८ गते १४५ जनाको नमुना सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा ७१जनाको संक्रमण पुष्टि भएको र ४० जना नेपाली सेनाको नमुना संकलन गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । ७४ जना मध्ये ८ जना संक्रमितको पुनः परीक्षण गर्दा संक्रमण देखिएको हो ।

२१ भाद्र २०७७, आईतवार १०:४०  मा प्रकाशित

Write your Comment