बितेको २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बितेको २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ४६ हजार २ सय ५७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८ सय १४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट आइसोलेसनबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या २८ हजार ९ सय नाघेकाे छ।

देशभर हाल सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

२०७७ भाद्र २१, आईतबार  मा प्रकाशित

Write your Comment