बितेको २४ घण्टामा९७९ जनामा कोरोना संक्रमण पुष्टि/मृतकको संख्या ३०० पुग्यो

२२ भाद्र २०७७, सोमबार १६:०० प्रकाशित

काठमाडौं २२ भाद्र :

पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका छन् ।

२२ भाद्र २०७७, सोमबार १६:००  मा प्रकाशित

Write your Comment