रेलमार्ग निर्माणको विवादास्पद ठेक्का रद्व

२३ भाद्र २०७७, मंगलवार १५:०९ प्रकाशित

काठमाडौं २३ भाद्र
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेलवे विभागले विवादास्पद ठेक्काहरु रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै रेलवेका सबै ठेक्काहरु रद्द भएको जनाएको हो ।
रेलवेको ठेक्कासम्बन्धी गत असार १४ गते अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित बोलपत्र नम्बर ०२–०७६–७७ तथा नागरिक दैनिकमा असार १७ गते प्रकाशित बोलपत्र नम्बर ०३–०७६–७७ रद्द गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।
विभागले शर्त नं. ३७.१ बमोजिम यी ठेक्काहरु रद्द गरिएको उल्लेख गरेको छ । जग्गा मुआब्जाको टुंगो नै नलगाई बोलपत्र आह्वान गरिएको भन्दै आलोचना भइरहेको थियो ।

२३ भाद्र २०७७, मंगलवार १५:०९  मा प्रकाशित

Write your Comment