बितेको२४ घण्टामा ९०२ जनामा कोरोना भाइरस पुष्टि,६ जनाको मृत्यु

२३ भाद्र २०७७, मंगलवार १६:५७ प्रकाशित

काठमाडौं २३ भाद्र :

बितेको२४ घण्टामा ९०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशलामा १० हजार ६११ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । बितेको २४घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३०६ जना पुगेको छ भने ३२ हजार ९६४ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार २८७ जना डिस्चार्ज भएका छन् ।

२३ भाद्र २०७७, मंगलवार १६:५७  मा प्रकाशित

Write your Comment