नेकपा बाराका नेता पौडेललाई कोरोना संक्रमण

२४ भाद्र २०७७, बुधबार १७:४९ प्रकाशित

नेकपा बाराका नेता मनोज पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा उहाँमा कोरोना पुष्टि भएको हो । यही भाद्र २१गते सिमरा क्वारेन्टाइनमा उहाँको परीक्षणका लागि नमूना संकलन गरिएको थियो । बारा जिल्लामा सामाजिक क्षेत्रमा समेत अगुवाइ गरिरहनुभएका पौडेल जितपुर सिमरा सार्वजनिक सरोकार समितिको संयोजक समेत हुनुहुन्छ जनताका आवश्यकता र समस्या विषयमा सँधै आवाज उठाउदै आइरहनुभएको छ । पौडेलले आफ्नो स्वास्थ्य सामान्य रहेको बताउनुभएको छ ।
त्यसैगरी नेकपा बाराका अर्का नेता भुदेव चौधरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । तत्कालीन छाता पिपरा गाउँविकास समितिका अध्यक्ष चौधरीको आजै कोरोना संक्रमण पुष्टि भएको हो ।

२४ भाद्र २०७७, बुधबार १७:४९  मा प्रकाशित

Write your Comment