थप १४५४ जनामा कोरोना संक्रमण, ९७२ जना डिस्चार्ज

२६ भाद्र २०७७, शुक्रबार १६:५४ प्रकाशित

काठमाडौं २६ भाद्र :

पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७०१ जनाको परीक्षण गर्दा १४५४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।

२६ भाद्र २०७७, शुक्रबार १६:५४  मा प्रकाशित

Write your Comment