एमसीसी परिमार्जनसहित अनुमोदन गर्नु पर्ने र महाधिवेशन चैत २५ गतेदेखि गर्ने निर्णय गर्दै नेकपाको बैठक सम्पन्न

२६ भाद्र २०७७, शुक्रबार १८:२७ प्रकाशित

काठमाण्डाै २६ भाद्र :
नेकपाको महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाण्डौमा हुने भएको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले एकतापछिको पहिलो महाधिवेशन चैत २५ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको हो ।
आन्तरिक किचलो समाधानको लागि सचिवालयले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदन पनि स्थायी कमिटीले पारित गरेको छ । बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीमा भएका केही प्रावधान परिर्वतन गरेर संसदबाट अनुमोदन गर्ने पनि निर्णय गरेको छ । यसको जिम्मा सचिवालयलाई दिइएको छ ।

शुक्रबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही अराष्ट्रिय र प्रतिक्रियावादीहरुले नेकपाको एकता भाँड्न प्रयास गरे पनि असफल भएको बताउनुभएको थियो । केहीबेर बैठकमा बसेर ओली बाहिरिनुभएको थियो । याे बैठकको अध्यक्षता प्रचण्डले गर्नुभएको थियो ।

२६ भाद्र २०७७, शुक्रबार १८:२७  मा प्रकाशित

Write your Comment