१०हजार १७६ नमुना परीक्षण गर्दा१२०१ जनामा कोरोना संक्रमण पुष्टि

२७ भाद्र २०७७, शनिबार १६:०० प्रकाशित

काठमाडौं २६ भाद्र :
बितेको२४ घण्टामा १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५२ जना डिस्चार्ज भएका छन् ।

२७ भाद्र २०७७, शनिबार १६:००  मा प्रकाशित

Write your Comment