एकैदिन १४५९ जनामा कोरोना संक्रमण पुष्टि/ ११ जनाको जनाको मृत्यु

३० भाद्र २०७७, मंगलवार १७:२० प्रकाशित

काठमाडौं ३० भाद्र :
बितेको २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी काठमाडौं उपत्यकामा ६७६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा पनि संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

३० भाद्र २०७७, मंगलवार १७:२०  मा प्रकाशित

Write your Comment