नेकपाले टुंग्यायो बाराका १६ वटै पालिकाका अध्यक्ष र सचिव,जिसिमा खनाल,कलैयामा अंसारीले नेत्रृत्व गर्ने

३१ भाद्र २०७७, बुधबार १७:२० प्रकाशित

बारा ३१ भाद्र :
नेकपाले बाराका १६ वटै बालिकाहरूको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । जसमध्ये नौ वटा पालिकाको नेतृत्व तत्कालीन नेकप एमालेले गर्ने भएको छ भने सातवटा पालिकाको नेतृत्व तत्कालीन नेकपा माओवादीको भागमा परेको छ । गत स्थानीय निर्वाचनमा प्राप्त लोकप्रिय मतको आधारमा पहिलो हुने पार्टीको अध्यक्ष र दोस्रो हुने पार्टीको सचित रहने गरी व्यवस्थापन गरिएको हो । बारा जिल्लाका दुई वटा उपमहानगरपालिकाको नेत्रृत्व तत्कालीन नेकपा एमालेले गर्ने भएको छ। त्यसै अनुरूप जितपुर सिमरा उपमहानगरपालिकाको संयोजकमा कृष्ण खनाल चयन हुनुभएको छ भने कलैया उपमहानगरपालिकाको संयोजकमा जवाहिर अन्सारी हुनुभएको छ । खनाल र अन्सारी यसअघि नेकपा एमालेको तर्फबाट उपमहानगर कमिटीको संयोजक हुनुहुन्थ्यो । दुईवटै उपमहानगर कमिटीको सचिवमा तत्कालीन माओवादीको तर्फ बाट जितपुर सिमरामा रामशरण बर्तौला र कलैयामा मुकेश साह हुनुभएको छ । केही महिना अगाडी जिल्लाको उच्चस्तरीय कार्यदलले पालिकाको संयोजक र सचिव सर्वसहमतिले टुंग्याएको थियो। त्यसमा प्रदेश पदाधिकारीले केही फेरबदल गरेको जनाइएको छ । तत्कालीन एमालेमा फेरबदल नगरीएतापनि तत्कालीन माओवादीको तर्फबाट सिफारिस गरिएका मध्येमा फेरबदल गरिएको र त्यसमा केही असन्तुष्टि समेत देखापरेको छ । यहि भाद्र २८ गते नेकपा प्रदेश कमिटीका संयोजक अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलले जिल्ला कमेटी बारखलाइलाई परीपत्र जारी गर्दै पालिकाका संयोजक सचिवको नामावली पठाउनुभएको थियो । परिपत्रमा पालिका कमिटीको सदस्यहरु जिल्लाले तोके अनुसार हुने उल्लेख समेत गरिएको छ ।

३१ भाद्र २०७७, बुधबार १७:२०  मा प्रकाशित

Write your Comment