बिपन्न परीवारको पिडामा मलहम लगाउदै OBC पर्सा

३१ भाद्र २०७७, बुधबार २१:३० प्रकाशित

वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई आज अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साद्वारा राहत वितरण भएको छ अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्य मा वडा नं १३ नयाँ टोलका २० अतिविपन्न परीवारलाई प्रतिव्यति १० केजी चामल र १ केजी दाल राहत वितरण भएको हो ।

कोरोना महामारीबाट प्रभावित भएका परीवारलाइ अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सदस्यहरुले आफ्नो व्यतिगत खाजा खर्चबाट कटाएर राहत वितरण गरिएको छ ।
राहत वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह ,अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका अध्यक्ष अकलेश साह , अखिल नेपाल पिछाडावर्ग (OBC) महासंघ पर्साका सहसचिव राजन साह , सदस्यहरु संदिप महतो , आकाश गुप्ता, नेकपा नेता कमरुल अन्सारी कलिम अन्सारी लगायतको सहभागीता रहेको थियो ।

३१ भाद्र २०७७, बुधबार २१:३०  मा प्रकाशित

Write your Comment