संविधानका कार्यान्वयनका लागि सबै एकजुट हुनु जरुरी छ-नेकपा केन्द्रीय सदस्य राई

३ आश्विन २०७७, शनिबार १९:०३ प्रकाशित

नेकपा केन्द्रिय सदस्य दिनेश राईले संविधान दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै संविधान कार्यान्वयनका लागि सबै एकजुट हुनुपर्ने कुरामा जोड दिनुभएको छ । उहाँले जारी गर्नुभएको छ शुभकामना सन्देश
संविधान दिवस – शुभकामना संदेश
दाजुभाई दिदीबहिनीहरु,
देश विदेशमा रहनु हुने, सम्पुर्ण नेपालीहरुमा संविधान दिवसकाे हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आधारभुत वर्ग नेपाली जनताहरुले ७१ वर्ष भन्दा लामाे अवधि सम्म बलिदानपुर्ण संघर्षकाे जगमा उभिएर २०७२ असाेज ३ गते नेपालमा जनता द्वारा निर्वाचित जनप्रतिनिधि मार्फत नेपाली जनताले अाफ्नाे संविधान अाफै घाेषणा गरेकाे याे महान ऐतिहासिक दिन लाई म गर्वका साथ स्मरण गर्दछु ।
नेपालमा राणा शासनकाल, निरंकुश पंचायती शासनकाल र शाहा बंशीय राजतन्त्रकाे शासनकाल अन्त्यका लागि र जनताकाे शासन संघीय लाेकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्न हजारौं नेपाली सपुतहरु सहिद भएका छन् । ती महान सहिदहरुकाे याेगदानकाे अाधारमा शान्तिपूर्ण जनअान्दाेलन र सशस्त्र संघर्षकाे माध्यमबाट नेपालीले अाफुलाई निर्देशित गर्ने तथा शासन गर्ने संविधान प्राप्त गरेकाे याे सुनाैलाे अवसर हाे । याे संविधान निमार्ण अवधी भर सम्म सहिद हुनु भएका सहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
हाम्राे संविधानमा वर्गीय समावेशीकरण नभए पनि, महिला, अादिवासी जनजाति, दलित, तराई मधेस, पिछडिएका समुदायकाे समेत समावेश भएकाे संविधान हाे । यस संविधानमा वर्ग जाेड काे सिद्धान्तको अनुसार संशोधन वा पुन व्यवस्थापन गर्न अावश्यक रहेकाे छ ।
अाज संविधान जारी भएकाे पांच हुदैछ, यस अवधिमा नेपाली जनताका असीमित अाकांक्षहरु पूरा गर्ने क्रम शुरु
भएकाे छ र यति चांडाे अाकांक्षहरु पूरा हुन सम्भाव हुदैन भन्ने जानकारी हुंदा पनि, संविधान लाई अस्वीकार गरेकाे जस्ताे विराेध गर्ने गतिविधि देखिने गरेकाे छ । तर संविधान जारी भए पछि देशकाे पुन: संरचना भई हाल देशमा शासन सञ्चालन भई रहेकाे छ । याे संविधानमा संघ, प्रदेशमा महिला सहभागीता ३३% निश्चित गरेकाे छ भने, स्थानीय तहमा झण्डै ४२% रहेकाे देखिन्छ र संविधानकाे याे सकारात्मक पहिचान पनि हाे ।
हामीले याे संविधान लाई पुर्ण रुपमा कार्यान्वयन गर्न एकजुट भएर काम गर्नु अाजकाे अावश्यकता छ । झण्डै दुई तिहाइ भन्दा जनमत र जनसमर्थन भएकाेले विश्व राजनीतिक इतिहासमा जनमुखी, जनउत्तरदायित्व र उत्कृष्ट रहेकाे हाम्राे संविधान विज्ञहरुकाे धारणाहरुले पुष्टि गरेकाे छ ।
हामी संविधान कार्यान्वयनकाे पांचाैं वर्षमा रहंदा विश्व महामारीको रुपमा फैलिएको काेभिड १९ सरुवा राेगले अाजकाे दिन सम्म ९ लाख ९३ हजार ८०५ जनाले ज्यान गुमाएका छन्, ३ कराेड ५८ लाख ५ हजार ६८० जना संक्रमित भएका छन् भने, २ कराेड २२ लाख ४५ हजार १३९ जना उपचार पछि निकाे भएकाे छ । साथै नेपालमा ३ सय ९० जनाकाे ज्यान गएकाे छ, ६१ हजार ५९३ जना संक्रमित र ४३ हजार ८२० निकाे भएकाे छ । साथै मानव जगतकाे अदृश्य शत्रु काेभिड १९ राेगबाट ज्यान गुमाउनु भएकाहरुलाई श्रद्धाञ्जली अर्पण गर्दछु, संक्रमितहरुलाई शिघ्र स्वास्थ्य लाभकाे कामना सहित निकाे हुनु भएकाहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
अन्त्यमा : अाजकाे दिनले हामी सबैलाई संविधानकाे पुर्ण र सफल कार्यान्वयनमा ईमानदारीता, ईमान र सकारात्मक साेच सहितकाे भावनाकाे विकास हाेस र काेभिड १९ राेगकाे संक्रमण बाट सचेत रही मानिस मानिस वीचकाे भाैतिक दुरी कायम गर्ने मर्यादा र अनुशासन सृजना हाेस । साथै नेपाली जनताकाे सुशासनको चाहना भ्रष्टाचार बिहिन समाज निर्माण, सुखी नेपाली र नेपाललाई समृद्ध बनाउने अभियानलाई सफल बनाउन संविधान दिवसकाे अवसरमा हामीमा एकता तथा प्रेरणा मिलाेस भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दिनेश राई
नेकपा केन्द्रीय सदस्य
9845034496
[email protected]

३ आश्विन २०७७, शनिबार १९:०३  मा प्रकाशित

Write your Comment