शिव शक्ति घ्यु जितपुरबाट निस्केको प्रदुषण र छाईका कारण स्थानीयको आंखामा समस्या

३ आश्विन २०७७, शनिबार २०:३४ प्रकाशित

मनाेज शाह
बारा ३ असाेज 
बारा जितपुर सिमरा उपमहानगरपालिका जितपुरमा रहेको शिव शक्ति ध्यु उधाेग प्रालिलेे फालेको प्रदुषण र छाईले गर्दा स्थानीय आजित भएक छन् ।साे उधाेगबाट निस्कने छाईलाई उधाेगको पछाडि अब्यवस्थित तरिकाले फाल्ने गरेको छ । सानाे हावाहुरीले आयो भने पनि वडा नम्बर ५ मा रहेको दलित बस्तीमा छाई उडेर जाने गरेको छ । उडेर गएका ति छाईले घरमा राखिएको खाना खान याेग्य नहुने धाेएर सुकाएका लुगाहरुमा छाई टाँसिने,गन्हाएर बस्ने नमिल्ने भएको स्थानीय राजु रामले बताउनुभयो । हावाााहुरी आउछ तब छाई उडेर आँखामाा पस्छ,आँखा दुख्छ स्थानीय नागा रामको गुनासाे थियो ।
त्यस्तै स्थानीय फुलमति देबीले पनि भन्नु भयो याे उधाेगले जहिले पनि छाई फ्यालछ, हामी जिल्ला प्रशासनमा पनि निबेदन दिएका थियौ केही हुन सकेन । मेराे आँखा पनि छाईकाे कारण बिग्रेको उहांको छ आंखा देखाउँदै उहाँले दुखे गर्नु भयो।
फैहाेरमैला ब्यवस्थापन ऐन २०६८ काे दफ ४(२) काे उपदफ १ अनुसार औधाेगिक फाैहाेरमैलाकाे ब्यवस्थापन गर्ने दायित्व निर्धारित मापदण्डकाे अधिनमा रही त्यस्तो फाैहाेरमैला उत्पादन गर्ने ब्यक्ति वा निकायको हुन्छ ।उक्त दलित बस्तीकाेे आवाज दुःख,पिडा कसैले नसुनि रहेको बेला वडा नम्बर ५ का अध्यक्ष माेहित चाैधरीले उक्त बस्तिलाई जसरी पनि छाईकाे उक्त पिडाबाट छुटकारा दिलाएर छाेड्ने बताउनुभयो ।

३ आश्विन २०७७, शनिबार २०:३४  मा प्रकाशित

Write your Comment