नेकपा सचिवालय बैठक पेरिसडाँडामा शुरु

४ आश्विन २०७७, आईतवार १२:१६ प्रकाशित

काठमाडौं ४ असोज :
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । यसअघि सम्पन्न पार्टीको स्थायी समिति बैठकका निर्णय कार्यान्वयनबारे छलफल गर्न बोलाइएको सचिवालय बैठक तत्कालीन माओवादी केन्द्रको कार्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा शुरु भएको हो ।नेकपा स्रोतका अनुसार पार्टी एकताका बाँकी काम टुंग्याउनेबारे पनि बैठकमा छलफल हुँदैछ । यसअघि शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समयअभावका कारण आजका लागि सारिएको थियो ।
नेकपा बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे निर्णय हुने  अनुमान गरिएकाे छ । सरकार पार्टीको नीतिगत मार्गदर्शनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेगरी बैठकबाट निर्णय गरिने बताइएको छ ।
बैठकले सचिवालय सदस्यहरुको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था, कानूनी प्रबन्ध र निश्चित मापदण्डका आधारमा संघीय मन्त्रिपरिषद र प्रदेश मन्त्रिपरिषद्को पुनर्गठन तथा राजनीतिक नियुक्ति सम्बन्धी निर्णय गर्ने एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

४ आश्विन २०७७, आईतवार १२:१६  मा प्रकाशित

Write your Comment