बाराको सिसवा महेशपुरमा रक्तदान कार्यक्रम सम्पन्न/ ३६ जनाले गरे रक्तदान

५ आश्विन २०७७, सोमबार १६:०५ प्रकाशित

बारा ५ असाेज
क्रियाटिभ युवा क्लव कलैया वडा नम्बर २६ सिसवा महेशपुुरकाे आयाेजनामा सिसवामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष सुरेश प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई ले व्लड संकलन प्याकेट हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नूभएको थियाे । राईले कार्यक्रममा बाेल्दै रक्तदान गर्नु भनेकाे जीवनकाे महान दान गर्नु हाे भएको बताउनुभयो । उहाँले अहिले विश्व मानव समुदायको अदृश्य शत्रु रुपमा विश्वभर फैलिएको काेराेना भाइरस काेभिड १९ याे महामारीको समयमा पनि युवा क्लवले रक्तदान कार्यक्रम राखेर सामाजिक उत्तरदायित्व देखाएको हुंदा, क्लव परिवारलाई धन्यवाद दिनु भयो ।
केन्द्रीय सदस्य राईले अहिलेकाे युवा शक्ति भनेकाे देशकाे भावि कर्णधार हाे ।त्यसकारण युवा पंक्ति सामाजिक विकृति र विसंगतिलाई समाजबाट अन्त्य गर्न सामाजिक सुधारका कार्यक्रम गर्दै आफु वसेकाे समाजकाे उन्नति र प्रगतिमा निरन्तर कार्यक्रम हाैसला मिलाेस भनी शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिविस बाराका पुर्व सभापति छठु प्रसाद यादव, नेकपा प्रदेश सदस्य प्रभु यादव, नेकपा जिल्ला कमिटी बारा सदस्य विक्रम ठाकुर, अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य श्यामबाबु यादव,मुस्लिम ईटहद संगठन केन्द्रीय सचिवालय सदस्य राज मअमद राय, क्षयरोग निवारण संस्था बारा अध्यक्ष सुरेश माेदक,अरुण खनाल, शर्मा बैठा,संस्कार एफ एम का प्रवन्धक निर्देशक अनिल गाैरब,सेनानी पुर्ण तामाङ, पत्रकार जिउत यादव लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
रेणु चाैधरीको संचालन निर्भरता कुमार साहले स्वागत गर्नु भएको रक्तदान कार्यक्रममा २ जना महिला सहित ३६ जनाले रक्तदान गरेका थियाे । साथै कार्यक्रमकाे प्रविधि सहयाेग नेपाल रेडक्रस रक्तसञ्चार केन्द्र वीरगन्जले गरेकाे थियाे ।

५ आश्विन २०७७, सोमबार १६:०५  मा प्रकाशित

Write your Comment