बितेको २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७७ आश्विन ११, आईतबार प्रकाशित

काठमाडौं ११ आश्विन :
बितेको २४ घण्टामा १ हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार  यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८८५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ।

Write your Comment