शिक्षा विकास तथा समन्वय इकाई बाराले जिल्लाका १६ वटै पालिकाहरुलाई आज पत्राचार गर्दै कोरोना भाइरस संक्रमण महामारीको बेलामा विद्यालयहरुले वैकल्पिक सिकाइ प्रणाली न अपनाएर विद्यार्थीलाई कक्षाकोठामा राखेर कक्षा सञ्चालन गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले जारी गरेको वैकल्पिक सिकाइ प्रणालि निर्देशिका अनुरुप विद्यार्थीलाई पढाउनको लागि आग्रह गरेको छ । बारा जिल्ला इकाई प्रमुख बृजकिशोर प्रसादले जिल्लाका उपमहानगरपालिका, नगरपालिका र गाउँ पालिका गरी १६ वटै स्थानीय तहलाई पत्राचार गर्दै यस्तो जनाउनुभएको हो । बारा जिल्लाका केही निजी विद्यालयहरुले विद्यालय खोलेर विद्यार्थीहरूलाई कक्षाकोठामा राखेर कक्षा सञ्चालन गर्न लागेपछि कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै इकाइले स्थानीय तह मार्फत निजी तथा सामुदायिक विद्यालयहरुलाई यस्तो पत्राचार गरेको हो ।