बितेको २४ घण्टामा २७२२ जनामा कोरोना संक्रमण पुष्टि

१६ आश्विन २०७७, शुक्रबार १६:०० प्रकाशित

काठमाडौं १६ आश्विन :

बितेको २४ घण्टामा २ हजार ७२२ जनामा कोरोना भाइरस  (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७३९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । उनीहरुमध्ये ५२० जनाको मृत्यु भएको छ भने ६० हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

१६ आश्विन २०७७, शुक्रबार १६:००  मा प्रकाशित

Write your Comment