२२५३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा १५९९ जना संक्रमित

१८ आश्विन २०७७, आईतवार १६:३३ प्रकाशित

बितेको २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

 

१८ आश्विन २०७७, आईतवार १६:३३  मा प्रकाशित

Write your Comment