स्वर्गीय महमुद आलमको आठौं स्मृति सभा परवानीपुरमा सम्पन्न

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बारा २४ आश्विन :
नेकपाका नेता स्वर्गीय महमुद आलमको आठौं स्मृति शभा आज भव्यताका साथ परवानीपुरमा सम्पन्न भएको छ । नेकपा बारा जिल्ला कमिटीद्वारा आयोजित सभाको सभापतित्व जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा बारा इन्चार्ज बलविर प्रसाद चौधरी, नेकपा केन्द्रीय सदस्यहरु अच्युत मैनाली, डाक्टर गोपाल ठाकुर,आलम पत्नि नजमा आलम, नेकपा प्रदेश कमिटी सदस्य गीता कंडेल,नेकपा बाराका नेता मनोज पौडेल,स्वर्गीय आलमका जेष्ठ पुत्र मोविन आलमलगायतले स्वर्गिया महमुद आलमले पार्टीमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए, स्वर्गीय महमुद आलमको २०७० सालमा हत्या भएको थियो ।

२०७७ आश्विन २४, शनिबार  मा प्रकाशित

Write your Comment