बारा र पर्सामा पुष्पलाल मित्रता केन्द्रको जिल्ला समिति गठन

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बारा २५असाेज 
पुष्पलाल मित्रता केन्द्र बारा जिल्ला भेला मनमाेहन मजदुर भवन जिफन्ट सिमरामा अशाेक लामाकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
साे भेलाका प्रमुख अतिथि पुष्पलाल मित्रता केन्द्र केन्द्रीय सदस्य दिनेश राईले पुष्पलाल मित्रता केन्द्रकाे लक्ष्य, उदेश्य, नीति, कार्यक्रम, आगामी याेजना, सांगठनिक संरचना र सदस्य शुल्क बारेमा जानकारी गराउनु भएकाे थियाे ।
साेही कार्यक्रमका विशेष अतिथि नेकपा केन्द्रीय सदस्य डा. गाेपाल ठाकुर ले पुष्पलाल कम्युनिष्ट आन्दाेलनकाे युग पुरुष भएकाे बताउनु भयाे ।
अर्का अतिथि वक्ता नेकपा जिल्ला कमिटी बाराका सदस्य मनाेज पाैडेलले याे संस्थाले राम्राे संग बैचारिक काम गर्न सफलता मिलाेस भनी शुभकामना व्यक्त गर्नु भयाे ।
साे कार्यक्रम काे सञ्चालन उमेश गुप्ता र पुष्पलाल मित्रता केन्द्र प्रदेश कमिटी सदस्य सरिता सुब्बा ले स्वागत गर्नु भयाे ।
साे भेलाबाट अशाेक लामा काे अध्यक्षतामा २५ सदस्य जिल्ला कमिटी गठन गरेकाे छ ।

त्यसैगरी मित्रता केन्द्र पर्साको जिल्ला स्तरिय भेला पिस जाेन कलेज वीरगन्जमा कमरेड अरुण यादवकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

साे कार्यक्रमकाे प्रमुख अतिथि पुष्पलाल मित्रता केन्द्रका केन्द्रीय सदस्य दिनेश राई रहनुभएको थियो । कार्यक्रममा
नेकपा जिल्ला सदस्य एवं संविधानसभा सदस्य कमरेड विचारी यादव,जिल्ला कमिटी सदस्य मनाेज चाैधरी, राजेन्द्र यादव, पुष्पलाल मित्रता केन्द्र प्रदेश कमिटी सदस्यहरु दुर्गा क्षेत्री, बृजलाल पासवान लगायतका महानुभावहरुले मन्तव्य राख्नु भएकाे थियाे ।
साे कार्यक्रमबाट अरुण यादवकाे अध्यक्षतामा ३१ सदस्य पुष्पलाल मित्रता केन्द्र जिल्ला कमिटी पर्सा गठन भएकाे छ । उपाध्यक्ष प्रमाेद यादव, महिला उपाध्यक्ष ईन्दु घिमिरे, सचिव शिवम् साह, सह-सचिव इशक कुमार, काेषाध्यक्ष शिवशंकर यादव, सदस्यहरु अजित,लगायत ३१ जना रहेका छन् ।

२०७७ आश्विन २५, आईतबार  मा प्रकाशित

Write your Comment