बितेको २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२०७७ आश्विन २६, सोमबार प्रकाशित

काठमाडौं २६ आश्विन :
बितेको २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४५३० जनामा गरिएको पिसि आर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बितेको २४ घण्टामा ९ जनाको मृत्यु भएको हो ।
नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका रहेका छन् ।

Write your Comment