सानाकिसान सिमराको छैठौं साधारण सभा सम्पन्न

१ कार्तिक २०७७, शनिबार १८:१४ प्रकाशित

साना किसान कृषि सहकारी सस्था लि.सिमराको छैठौं वार्षिक साधारण सभा आज सिमरामा सम्पन्न भएको छ । प्रदेश सभा सदस्य सुन्दर बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य सिता गुरुङ,नेकपाका केन्द्रिय सदस्य दिनेश राई ,नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेस्ठ ,नेकपाका जिल्ला सदस्य देवनारायण चौधरी , नेकपा जिल्ला सदस्य तथा जितपुर सिमरा सार्बजनिक सरोकार समितिका सम्योजक मनोज पौडेल र नेपाली काङ्ग्रेसको नेत्री निरु रायमाझी, सानाकिसानका केन्द्रीय सदस्य सिव अधिकारी,जिल्ला संघका अध्यक्ष मिश्री लाल सहनी, हिमचुली सहकारी निजगढ का अध्यक्ष एक बहादुर श्रेष्ठ,लेखा संयोजक किशोर सर्मा,सहकारी बिज्ञ कुलोतम पोखरेललगायतले सुभकामना व्यक्त गर्नुभएको थियो । सहकारी क्षेत्रमा कलम चलाए बापत सन्चारकर्मी सारदा पोखरेललाइ सम्मानित गरिएको थियो । सहकारी संस्थाकी अध्यक्ष कमला कुमारी अधिकारी रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रमको मिरा पुरीको सन्चालन र लक्ष्मी बस्नेतले स्वागत गर्नु भएको थियो । संस्थाले १० महिनाको छोटो अवधीमा ७२५ जना सदस्य बनाउनुका साथै १करोड ८८ लाखको कारोबार गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

१ कार्तिक २०७७, शनिबार १८:१४  मा प्रकाशित

Write your Comment