बाराको रतनपुरीमा ४५ जना ज्येष्ठ नागरिक सम्मानित

१ कार्तिक २०७७, शनिबार २०:०७ प्रकाशित

निजगढ १ कार्तिक :
बाराको निजगढ नगरपालिकाको रतनपुरीमा आज ८० बर्ष उमेर कटेका जेष्ठ नागरिकलाई सम्मान गरीएको छ । तिलक घलानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालक पवन बिकले गर्नुभएको थियो । कार्यक्रममा टंक बहादुर गोले,सोम लाल गोले, राकेश लामा,सन्जय लामा, मिलन लामा उमेश घलान कमान थिङ दूध राज थिङ राजु घलान गोबिन्द थापा लगाएत उपस्थिती थियो । सो अवसरमा ४५ जना ज्येष्ठ नागरिकहरुलाई गम्छा ओढाएर पन्ध्र सय नगद सहित सम्मानित गरिएको थियो ।

१ कार्तिक २०७७, शनिबार २०:०७  मा प्रकाशित

Write your Comment