पर्सागढीकाे चाैथाे नगर सभा सम्पन्न,चालु आ.व.काे बजेट रु ६९ कराेड

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

बडनियार,पर्सा
पर्सागढी नगरपालिकाकाे चाैथाे नगर सभा सम्पन्न भएकाे छ । नगर सभाद्वारा आ.व. २०७७/०७८ काे स्विकृत बजेट शनिबार एक कार्यक्रमका बिच सार्वजनिक समेत गरिएकाे छ ।
वडा नं. ८ काे वडा कार्यालय हरपुरमा भएकाे नगर सभा तथा बजेट सार्बजनिकरण कार्यक्रमकाे नगर प्रमुख लाेकनारायण यादवले उद्घाटन गर्नु भएको थियो। कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख यादवले नगरपालिकाकाे निति तथा कार्यक्रम असार १० गते नै प्रस्तुत गरिए पनि आफुसहित केही जनप्रतिनिधि र कर्मचारीसमेत काेराेना संक्रमित भएका कारण बजेट ल्याउनमा ढिलाई भएकाे स्पष्ट पार्नुभयो ।उहांलेे यस बर्षकाे बजेट तथा कार्यक्रममा जन चाहना र अवश्यकतालाई मध्यनजर गरी वडा तथा नगस्तरिय याेजनाहरु तय गरिएकाे वताउनुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शालिकराम ढकालले बजेटमा शिक्षा र नगरपालिकाकाे प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएकाे वताउनुभयो । उहाले सबैको सहमतिमा बजेट विनियोजन गरिएको उल्लेख गर्दै पर्सागढी नगरपालिकाले पूर्वाधार बिकास, शिक्षा र स्वास्थ्यमा आफ्नो ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो ।


नगर प्रमुख यादवकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा उप प्रमुख अर्चना चाैधरीले रु ६९ कराेड २१ लाख १७ हजार एक सय ४५ बराबरकाे बजेट प्रस्तुत गर्नु भएको थियो । आय तर्फ संघकाे वित्तिय समानिकरण अनुदान रु १२ कराेड ४४ लाख, राजस्व बाडँफाड रु ८ कराेड ८ लाख १४ हजार, शर्सत अनुदान १६ कराेड ३२ लाख, प्रदेशकाे बित्तिय समानिकरण अनुदान रु ७३ लाख ७० हजार, राजश्व बाडँफाड रु ६२ लाख ९५ हजार, शर्सत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २ लाख रहेकाे वताउनुभयो ।
यस्तै, आन्तरिक आय रु ३ कराेड ५० लाख, गत आ.व. काे माैज्दात रु १७ कराेड ९० लाख ६८ हजार एक सय ४५, सामाजिक सुरक्षा कार्यक्रम रु ७ कराेड ८१ लाख, बहुक्षेत्रिय पाेषण कार्यक्रम रु १५ लाख ७० हजार, युनिसेफ रु ४५ लाख, सडक बाेर्ड रु ६० लाख रहेकाे उप प्रमुख चाैधरीले जानकारी दिनुभयो ।
व्यय तर्फ प्रशाससनिक खर्च रु ९ कराेड २८ लाख, वडागत याेजनाहरु रु ९ कराेड ९ लाख ७७ हजार एक सय ४५, गत आ.व. काे याेजनाहरु ६ कराेड २ लाख, नगर स्तरिय याेजनाहरु रु १९ कराेड ४९ लाख ७० हजार, संघ सरकारकाे शर्सत अनुदान रु १६ कराेड ३२ लाख, प्रदेश सरकारकाे सर्शत अनुदान रु ८ लाख, बिशेष अनुदान रु ३० लाख, सम्पुरक अनुदान रु २० लाख, बहुक्षेत्रिय पाेष्ण कार्यक्रम रु १५ लाख ७० हजार र युनिसेफकाे रु ४५ लाख नगर सभाद्वारा स्विकृत बजेट प्रस्तुत गर्नू भएको थियो ।
वडा नं. १ का वडाध्यक्ष तुलाराम महताेले स्वागत र नगरपालिकाकाे सामाजिक विकास शाखा प्रमुख प्रदिप चाैरसियाले संचालन गरेकाे कार्यक्रममा लेखा अधिकृत राम कुमार कुशवाहा, इन्जिनिर जंग विजय साह, प्रधानमन्त्री राेजगार कार्यक्रम संयाेजक चन्द्रकिशाेर राय, सुचना प्रविधि अधिकृत रिसी दास, लेखापाल सन्ताेष कुशवाहा, अरविन्द सिंह, गिरि राज कडेल, मनाेज चाैधरी, अशाेक चाैधरी लगायत नगर सभा सदस्य एवम् कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

२०७७ कार्तिक २, आईतबार  मा प्रकाशित

Write your Comment