बितेको २४ घण्टामा ३७९० जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा २३८८ जना संक्रमित

२०७७ कार्तिक ३, सोमबार प्रकाशित

काठमाडौं ३ कार्तिक :

बितेको२४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा १३७६ महिला र २४१४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । उनीहरुमध्ये ७८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Write your Comment