५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि

५ कार्तिक २०७७, बुधबार १६:३८ प्रकाशित

काठमाडौं ५ कार्तिक :

बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् ।

५ कार्तिक २०७७, बुधबार १६:३८  मा प्रकाशित

Write your Comment