बितेको २४ घण्टामा ४४९९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या डेढ लाख नाघ्यो

७ कार्तिक २०७७, शुक्रबार १७:११ प्रकाशित

काठमाडौं ७ कार्तिक :
बितेको २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ । उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
७ कार्तिक २०७७, शुक्रबार १७:११  मा प्रकाशित

Write your Comment