बितेको २४ घण्टामा ४४९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

८ कार्तिक २०७७, शनिबार १७:२६ प्रकाशित

काठमाडौं ८ कार्तिक :
बितेको २४ घण्टामा देशभरमा ४४९९ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
त्यसैगरी बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २७२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २३५७, ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितको संख्या काठमाडौं जिल्लामा २० हजार १९६, ललितपुरमा २५ सय ७४ र भक्तपुरमा १३ सय ६५ जना रहेको छ । होम आइसोलेसनमा काठमाडौं जिल्लामा १० हजार ५०१, ललितपुरमा २८ सय ९४ र भक्तपुरमा १७ सय १९ जना रहेका छन्

८ कार्तिक २०७७, शनिबार १७:२६  मा प्रकाशित

Write your Comment