बितेको २४ घण्टामा २८५६ जनामा कोरोना भाइरस संक्रमण,३३३६ संक्रमण मुक्त

९ कार्तिक २०७७, आईतवार १६:५७ प्रकाशित

काठमाडौं ९ कार्तिक :

बितेको २४ घण्टामा थप २८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ
बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३३६ जना मुक्त भइ डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।

९ कार्तिक २०७७, आईतवार १६:५७  मा प्रकाशित

Write your Comment