बितेको २४ घण्टामा १७४१ जनामा कोरोना संक्रमण पुष्टि,४००५जना कोरोना मुक्त

१० कार्तिक २०७७, सोमबार १९:४२ प्रकाशित

काठमाडौं १० कार्तिक :
बितेको २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४००५ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

हालसम्म १ लाख १५ हजार ६ सय ७५ जना कोरोना भाइरस स‌ंक्रमणमुक्त भएका छन् ।

१० कार्तिक २०७७, सोमबार १९:४२  मा प्रकाशित

Write your Comment