बितेको २४ घण्टामा ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

११ कार्तिक २०७७, मंगलवार १६:३० प्रकाशित

काठमाडौं ११ कार्तिक :
बितेको २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका ल्याबमा२ हजार ७२५ मा गरीएको नमुना परीक्षण ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ
यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । उनीहरुमध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । बितेको २४ घण्टामा मात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् ।
यस्तै थप १४ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ८७६ पुगेको छ ।

११ कार्तिक २०७७, मंगलवार १६:३०  मा प्रकाशित

Write your Comment