बारामा रहेको कपडा उद्योगमा आगलागी हुदा एक जना घाइते,एक करोडको क्षति

११ कार्तिक २०७७, मंगलवार १७:१० प्रकाशित

काठमाडौं ११ कार्तिक :
बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइलमा भीषण आगलागी हुदा एकजना घाइते भएका छन् भने करोडौको क्षेती भएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका– ९छातापिपरामा रहेको सो कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३:२५ मा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको भनाइ छ ।

आगलागीमा उद्योगमै काम गर्ने भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो घाइते भएका छन् । दायाँ हात र अनुहारमा आगोले पोलेको उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

११ कार्तिक २०७७, मंगलवार १७:१०  मा प्रकाशित

Write your Comment