बुधबार थपिए १ हजार ९ सय ५४ कोरोना संक्रमित

१२ कार्तिक २०७७, बुधबार १६:५२ प्रकाशित

बितेको २४ घन्टामा नेपालमा १ हजार ९ सय ५४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा संक्रमित थपिएका हुन्।
अहिलेसम्म कोरोनाबाट ८ सय ८७ जनाले ज्यान गुमाएका छन् ।

१२ कार्तिक २०७७, बुधबार १६:५२  मा प्रकाशित

Write your Comment