बाराको कोल्हवीमा प्रथम मेयर क्रिकेट कप २०७७ सुरु

१५ कार्तिक २०७७, शनिबार १६:०४ प्रकाशित

बारा जिल्लाको कोल्हबी नगरपालिकामा प्रथम मेयर क्रीकेट कप आज एक समारोहका बिच उद्घाटन गरिएको छ । मेयर कपको उद्घाटन कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले खेलले नै सबैको भावनालाई जोड्ने भएको हुनाले मर्यादित ढंगले अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले खेलक्षेत्रमा राम्रो सहयोग गर्ने र खेलाडी उत्पादनमा पनि नगरपालिकाको सहयोग रहने स्पष्ट पार्नुभयो । बारा जिल्लामा विकास निर्माणलगायतका विषयमा नगरपालिकाको उल्लेखनीय भूमिका रहेको उल्लेख गर्दै नगर प्रमुख भण्डारीले पूर्वाधार,स्वास्थ्य, शिक्षा र खेलमा पनि नगरपालिकाले योजना अगाडि बढाइरहेको जानकारी दिनुभयो।
परिवर्तनको लागि युवा समाज ´ पलास ` को आयोजना र कोल्हवी नगरपालिकाको सहयोगमा मेयर कपको आयोजना गरीएकोहो ।
संस्थाका अध्यक्ष ग्यानेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साह, नेकपाका नेता केवल चौधरी, साविक कोल्हवी गाविसका पूर्व उपाध्यक्ष गोविन्द पौडेल लगायतका ब्याक्तित्वहरु मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोजक संस्थाका पुर्व अध्यक्ष गणेश धिमालले र सहजीकरण शम्भु प्रसाद जैसवालले गर्नु भएको थियो ।
आठ वटा सहभागी भएका छन् । जस मध्ये उद्घाटन खेलमा कचोर्वा र हेटौंडाको टिमले खेल प्रदर्शन गरेको थियो भने भोलीको खेल सपही र कोल्हबी बिच हुनेछ ।

१५ कार्तिक २०७७, शनिबार १६:०४  मा प्रकाशित

Write your Comment