बितेको २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण देखियो

१५ कार्तिक २०७७, शनिबार १६:३२ प्रकाशित

काठमाडौं १५ कार्तिक :

बितेको २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर परीक्षण गर्दा९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने ९३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

१५ कार्तिक २०७७, शनिबार १६:३२  मा प्रकाशित

Write your Comment