थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि,३६२० कोरोना मुक्त,२३ जनाको मृत्यु

२०७७ कार्तिक १७, सोमबार प्रकाशित

काठमाडौं १६ कार्तिक :
बितेको २४ घण्टामा २८२४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
बितेको २४ घण्टामा ३६२० जना कोरोना मुक्त भएका छन् भने २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Write your Comment