बारामा विभिन्न पार्टीका आधा दर्जन कार्यकर्ता नेकपामा प्रवेश

१७ कार्तिक २०७७, सोमबार १९:४२ प्रकाशित

बारा १७ कार्तिक :
महागढीमाई नगरपालिका वडा नम्बर ३ गंंजभवानीपुरमा विभिन्न पार्टी परित्याग गरी आधादर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र नेकपा केन्द्रिय सदस्य दिनेश राईले पार्टीमा स्वागत गर्नुभएको थियो । नेकपा बाराको कार्यालय कलैयामा आयोजित कार्यक्रममा उहाँहरुले नवप्रवेशी हरुलाई पार्टीमा स्वागत गर्दै योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिने बताउनुभएको थियो यसरी परिवेश गर्नेहरुमा जनता समाजवादी पार्टीबाट गणेश प्रसाद गुप्ता,अम्वु प्रसाद शाह, नेताबाट हरिनारायण प्रसाद कुशवाहा, सोहन पण्डीत,फूल महम्मद अन्सारी लगायत आधा दर्जन रहेका छन् । सो प्रवेश कार्यक्रममा नेकपाका नेता तथा संविधान सभाका सदस्य जयराम दाहाल,नेकपा बाराका नेता मनोज पौडेल, राजेन्द्र प्रसाद कलवार, ढुण्डि राज उप्रेती,रामबाबु यादव,बिजेन्द्र चौधरी, बिक्रमठाकुर,ईश्वर ढकाल,प्रेम बराल, ध्रुव यादव, नेकपा महागढीमाई नगर कमिटीका सचिव ध्रुव साह लगायतको उपस्थिति रहेको थियो ।

१७ कार्तिक २०७७, सोमबार १९:४२  मा प्रकाशित

Write your Comment